काठमाडौं २५ भदाै । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफूलाई समर्थन गर्न आह्वान गरेका छन्।
जेनजी आन्दोलनका क्रममा सिंहदरबार लगायतका स्थानमा तोडफोड र आगजनी भएको छ।
सेनाले हस्तक्षेप गरी नियन्त्रणमा लिएपछि राष्ट्रपति र जेनजी सेनाबीच वार्ताको तयारी भइरहेको छ।
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जनतालाई आफूलाई समर्थन गर्न आह्वान गरेका छन्। उनले लेखेका छन्, “देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस्। जनताको हितमा दिनरात दुःख गर्ने सरकार चाहिन्छ कि भेट्नै नसकिने सरकार चाहिन्छ ? आकाशको ताराको कथा होला, विचार गर्नुहोस् !”

सोमबारदेखि देशव्यापी रूपमा सुरु भएको ‘जेनजी आन्दोलन’ मंगलबार पनि निरन्तर रह्यो। आन्दोलनकारीहरूले सिंहदरबार, राष्ट्रपति भवन, अदालत र नेताहरूका घरमा तोडफोड तथा आगजनी गरेका छन्।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि साँझदेखि नेपाली सेनाले हस्तक्षेप गरी केही नियन्त्रणमा लिएको छ। सेनाको पहलमा बुधबार राष्ट्रपति र जेनजी सेनाबीच त्रिपक्षीय वार्ता हुने तयारी भइरहेको छ। वार्तामा अबको आन्दोलनको बाटो कसरी निर्धारण गर्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ।

सामाजिक सञ्जालमा नेतृत्वको विषयमा विभिन्न नामहरू चर्चामा छन्। काठमाडौँका मेयर बालेन शाह, पूर्व उपप्रधानमन्त्री रवि लामिछाने, उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङसँगै हर्क साम्पाङको नाम पनि जोडिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर