सप्तरी — सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र विष्णुपुर गाउँपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्लाको शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले २०८१ भदौ २४ गते दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा अवधिमा तोकिएको क्षेत्रभित्र सभा, जुलुस, प्रदर्शन, भेला, बैठक र भीडभाड गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्र

प्रशासनले जारी गरेको आदेशअनुसार चार किल्ला तोकिएको निषेधाज्ञा क्षेत्र यस प्रकार छ:

  • उत्तर: रुपनी मोड

  • पूर्व: बजरंगबली मन्दिर, कञ्चनपुर रोड हुँदै कोशी क्यानल पम्प नहर

  • दक्षिण: कोशी ब्यारेजबाट छुट्टिएको करी नहर

  • पश्चिम: कोशी ब्यारेजबाट छुट्टिएको करी नहर हुँदै वरही नहर चौक–छिन्मस्ता मन्दिर जाने विष्णुपुर चौक–राजविराजको सिराहा रोड र छिन्मस्ता मन्दिर रोड जोड्ने ढाडे दीघ्मा रहने नाली हुँदै पुलचोक जोड्ने सडकसम्म

प्रमुख जिल्ला अधिकारी दुर्गाराज उपाध्यायद्वारा हस्ताक्षरित आदेशमा जनसुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर