सप्तरी), भदौ २४ – जेन–जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुढीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उपचारको क्रममा भारतको दिल्लीमा रहेका मन्त्री साहले त्यहींबाटै राजीनामा पठाउने तयारी गरेको बताएका छन्।

साहले युवाहरूको बलिदानीको सम्मान गर्दै आफू पदमा बसिरहनु उचित नदेखिएको भन्दै पदत्यागको निर्णय गरेको जनाइएको छ। उनको यो कदमले आन्दोलनमा लागेको नयाँ पुस्ताप्रति सरकारभित्रैबाट पहिलोपटक स्पष्ट समर्थन प्रकट भएको छ।

जनता समाजवादी पार्टीकातर्फबाट मन्त्री बनेका साहले हिजो प्रहरीको गोलीबाट १९ जनाको मृत्यु र ४ सयभन्दा बढी युवाहरू घाइते भएको घटनापछि राजीनामा दिएको स्पष्ट पारेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर