नेपाल प्रहरीका एक प्रहरी जवान संसद भवनभित्र बाट् हास्दै सर्ट मेशिन गण(बन्दुक)ले प्रर्दशनकारीलाई ताकेर गोली प्रहार गर्दै ।

काठमाडौँ- जेन-जीको आन्दोलनका क्रममा काठमाडौँ र इटहरीमा गरी प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ। काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको हो भने करिब २ सय घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उपचारका क्रममा ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी असपतालमा २ जना र महाराजगञ्ज शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो। इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ।

घाइतेहरूको सिभिल अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल, केएमसीलगायत काठमाडौँका महत्त्वपूर्ण अस्पतालहरूमा उपचार भइरहेको छ।

सिभिल अस्पतालमा सय भन्दा बढीको उपचार भइरहेको छ भने ट्रमा सेन्टरमा ५० जना, केएमसीमा ३२ र टिचिङ अस्पतालमा १८ जनाको उपचार भइरहेको छ।

प्रहरीको गोलीले तीन पत्रकार पनि घाइते भएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर