CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

राजविराज, २० भदौ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्म जयन्ती ‘मोहम्मद डे’ राजविराजमा सद्भाव ¥यालीसहित मनाइएको छ।

शुक्रबार बिहान राजविराजका विभिन्न वडाबाट भेला भएका मुस्लिम समुदायका नागरिकहरू नुरीजामा मस्जिदमा भेला भएर ¥यालीमा सहभागी भएका हुन्। ¥यालीमा हिन्दु धर्मावलम्बीहरूको पनि उल्लेख्य सहभागिता थियो।

मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको कारण उत्साहजनक उपस्थिति देखिएको मुस्लिम समाजका महासचिव इरसाद अन्सारीले बताए। ‘शान्ति र सद्भाव फैलाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो,’ उनले भने।

¥याली राजविराज बजार परिक्रमा गर्दै निकालिएको थियो। ¥यालीमा नगरपालिकाकी कार्यवाहक मेयर इसरत परबिन, वडाध्यक्ष दिनेश साह, अनिल दास लगायतको उपस्थिति थियो।

मुस्लिम समुदायका बालबालिका, युवा, वृद्ध र महिलाले शान्तिका नारासहित ¥यालीमा सहभागिता जनाएका थिए।

हिजरी पात्रोअनुसार रब्बि अब्बल महिनामा साउदी अरबको मक्कामा मोहम्मदको जन्म भएको विश्वास गरिन्छ। सोही दिनको सम्झनामा प्रत्येक वर्ष जन्म जयन्ती मनाइन्छ।

यस अवसरमा धार्मिक गीत नाअत सरिफ वाचन, मोहम्मदका उपदेश स्मरण तथा जीवन आदर्शबारे चर्चा गरिएको मुस्लिम अगुवा फैयाज अन्सारीले जानकारी दिए। मौलाना कैशर रजाका अनुसार मोहम्मदले व्यवहारिक धर्म प्रचार, समाज सुधार र कुरीतिविरुद्ध जीवन समर्पण गरेका थिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर