सप्तरी,२० साउन। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको सप्तरी जिल्ला अध्यक्षमा पुन केदार प्रसाद यादव निर्वाचित भएका छन्।
जसपा नेपालको प्रथम एकता अधिवेशनबाट अध्यक्ष आफ्ना निकटतम प्रतिद्वन्द्वी उमेश प्रसाद यादव सँग ३० मत बढी ल्याई अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
यादवले २ सय ३५ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी उमेश यादवले २ सय ५मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
त्यस्तै उपाध्यक्षमा लक्ष्मण यादब २ सय ३५ मत प्राप्त गरी बिजयी भएका छन्। अर्का उपाध्यक्षमा हरेराम यादब २ सय २६ मत प्राप्त गरी बिजयी भएका छन्। उपाध्यक्ष पदमै भिडेका राजेश्वर रायले १ सय ८५ मत प्राप्त गरे भने
उषा साहले १ सय ७४ मत मात्र प्राप्त गरी हार व्यहोरेका छन्।

सचिवमा निरज झा मुक्तीले २ सय ३१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी शम्भु यादबले २ सय ३० मत प्राप्त गरेका छन्। उहाँ दुई जना बीच एक मतको मतान्तरले हार जीत भएको निर्वाचन समितिले जनाएको छ। त्यस्तै उपसचिव रिता चाैधरी २ सय ३४ मत र रामेश्वर यादब २सय ३५ मत प्राप्त गरी बिजयी भएका छन्। यी दुइका निकटतम प्रतिद्वन्द्वी राहुल मण्डलले २ सय २३मत र दाउद हुसेनले १सय ७३ मत प्राप्त गरेको छ। काेषाध्यक्षमा
अमरेन्द्र यादब २सय ३५ मत प्राप्त गरी बिजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अभिनय याादब, निकु २ सय १०मत मात्र प्राप्त गरेका छन्।
मंगलबार राजविराजमा सम्पन्न निर्वाचनमा कुल ५०४ मत परेको थियो ।
जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले साउन १४ गते उदघाटन गरेको जिल्ला अधिवेशनमा सहमति हुन् नसक्दा निर्वाचन प्रक्रियामा गएको निर्वाचन समितिले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर