राजविराज,०७ साउन । सप्तरी प्रहरीद्वारा कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दाका फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी खडक नगरपालिका ९ का मो. अख्तर भन्ने मो. अकतर र छिन्नमस्ता गाउँपालिका ३ का डाँका चोरी मुद्दाका प्रतिवादी सनोज कुमार यादवलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा वारदात पश्चात् पछी फरार रहेका उनीहरूलाई खोजतलासको क्रममा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत राजविराजले कर्तव्य ज्यान मुद्दामा मो. अकतरलाई १ बर्ष कैद सजाय र डाँका चोरी मुद्दामा यादवलाई १ बर्ष १ महिना कैद र १ हजार रुपैया जरिवाना तोकेपछी उनीहरू फरार रहेका थिए ।
पक्राउ परेका दुबैजनालाई बुधबार नै सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर