काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडिएको भन्दै निलो रिबन लगाएर विरोध प्रदर्शन जारी राखेको छ। आज रास्वपाका सांसदले निलो रिबनसँगै कालो पोसाक पनि लगाएर सदनमा प्रवेश गरेका थिए।

रास्वपाले जेठ १३ गतेदेखि गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिनको माग राख्दै जारी राखेको अवरोध आज पनि कायम राख्यो। सभामुख देवराज घिमिरेले पटकपटक बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरे पनि उनीहरूले नाराबाजीसहित वेल घेराउ गरेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको सुनाए। त्यसपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिए।

शुक्रबार रास्वपाका सांसदहरू विरोधस्वरूप कालो पोसाक सदनमा उपस्थित भएका हुन्। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई प्रश्नोत्तर कार्यक्रममा होहल्ला नगर्न आग्रह गरेका थिए। तर उनीहरूले विरोध जारी राखे।
रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर