टेलिसिरियल ‘बाचा बन्धन’को पहिलो भाग सार्वजनिक गरिएको छ । यो सिरियल शनिबार बेलुका ७ बजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत् सार्वजनिक गरिउको हो ।
‘सकम्बरी’ गीतबाट चर्चित कुशुम, ‘जुठे’ सिरियलबाट चर्चित जुनकिरी अनि पहिलो पटक अभिनयमा प्रवेश गरेका प्रशान्त बुढाथोकीको अभिनय छ । आकाश मगरको गीत/संगीत, मुभि प्वाईन्टको पोष्ट प्रोडक्सन र रामचन्द्र काफ्लेको यसको गीतमा स्वर रहेको छ ।

यसमा सरिता ढुङ्गाना, कुशुम शर्मा, प्रशान्त वुढाथोकी (करण) विशाल पहाडी, हेमराज घर्ती, रश्मि भट्ट, शुभाष गजुरेल, प्रिया रिजाल, प्रेमदेव गिरि, सविन वास्तोला, यादव गिरि, आयुष विसी लगायतका दुई दर्जन बढि कलाकारको अभिनय छ । ‘बाचा बन्धन’को ललितपुरको छम्पि र रुकुम पूर्वीभागको लुगुम नरिबाङको रमणीय स्थलमा छायांकन गरिएको हो ।






