लहान नगरपालिकाका मेयर महेश चौधरी
लहान नगरपालिकामा विगत ३ वर्षमा भएका कार्यहरु पत्रकार सम्मेलन गरि नगरपालिकाको तर्फबाट मेयर महेश चौधरीले सार्वजनिक गरेका छन् ।
१. जन्मदर्ता, मृत्युुदर्ता, विवाह दर्ता, नागरिकता सिफारिस दस्तुर मिनाहा ।
२. मुसहर समुदायलाई क्रिया खर्च बापत रु ५ हजार नगद प्रदान ।
३. हरेक महिना २२ गते फरक फरक वडामा गर्भवती महिलालाई पोषण प्याकेजमा खाद्यान्न वितरण । हाल सम्म ४ हजार जनालाई वितरण भईसकेको ।
४. निःशुल्क एम्बुलेन्स सेवा र अपाङ्ग वृद्धवृद्धालाई निःशुल्क बस सेवा सुरु । हाल सम्मा एम्बुलेन्सबाट १ हजार भन्दा बढी र बसमा ७ हजार भन्दा बढी व्यक्तिले सुविधा उपभोग गरेको ।
५. नगरपालिका भित्रका अप्ठयारो परेका गरिब, विपन्नलाई दाहसंस्कार गर्नका लागि ४ क्वीन्टल जलावन (दाउरा) सहयोग निरन्तर ।
६. एक हजार दलित, विपन्न घरपरिवारलाई खानेपानीका लागि धारा जडानमा आर्थिक सहयोग (प्रति परिवार रु ३ हजार ७ सय २० रुपैया ।
७. वडा स्तरीय योजना अन्तर्गत लहान नगरपालिकाका २४ वटै वडालाई समान रुपमा ५०/५० लाख बजेट बिनियोजन (३ वर्षमा ३६ करोड)
शिक्षा
१. एक कक्षा, एक शिक्षक १२५ जना स्वयंसेवक शिक्षक व्यवस्थापन,
२. एक विद्यालय, एक कम्प्युटर ५९ वटा,
३. एक कक्षाकोठा एक पंखा ६०० थान,
४. वाल विकास, का.स, लेखापाल कर्मचारीहरुलाई तलब वृद्धि थप ७०००,
५. ४ कोठे भवन ११ वटा विद्यालयमा,
६. २ कोठे भवन ४ वटा विद्यालयमा,
७. आइसिटी कार्यक्रम ८ वटा विद्यालयमा,
८. विद्यालयमा मञ्च निर्माण ४ वटा विद्यालयमा,
९. कम्पाउण्ड वाल निर्माण ४० वटा विद्यालयमा,
१०. पुस्तकालय सञ्चालन २ वटा विद्यालय,
११. विज्ञान प्रयोगशाला २ वटा विद्यालय,
१२. सुलभ शौचालय बालमैत्री, अपाङ्गमैत्री ४० वटा,
१३. डेक्स बेन्च वितरण ५०० थान,
१४. अंग्रेजी माध्यममा अध्ययन २ विद्यालय,
१५. अंग्रेजी माध्यमबाट कक्षा सञ्चालनका लागि ११ वटा सामुदायिक विद्यालयमा कापी, पेन्सिल, रेजर वितरण ।
स्वास्थ्य
१. २०७९ देखि हाल सम्ममा २४ वटै वडाका गर्भवति तथा सुत्केरी ४ हजार महिलाहरुलाई पोषण प्याकेज वितरण,
२. प्रत्येक वडामा सुगर, ब्लडप्रेसर जाँच तथा औषधी वितरण,
३. स्वास्थ्य चौकी भवन निर्माण वडा नम्बर ११, १२, र १६ मा,
४. आँखा शिविर सञ्चालन गरी २००० भन्दा बढी जनाको मोतिविन्दुको शल्यक्रिया र ९००० जनाको उपचार औषधी वितरण ।
कृषि
१. किसानहरुको कृषि विद्युत महसुल नगरपालिकाबाट तिरिदैँ,
२. आँपको प्याकेजिङ्ग, ब्राण्डिङ्ग,
३. ४०० किसानलाई ३५ हजारको दरले खेतीका लागि सहयोग (१ करोड ४० लाख),
४. कृषि विद्युतीकरण वडा १९, २०, २२ मा (९५ लाख),
५. ४ वटा पोखरी निर्माण वडा नं. १५ र १८,
६. वडा नं. १३, १४ र २४ मा किसानहरुका लागि १० वटा डिप बोरिङ जडान कार्य सुरु (१ करोडमा ठेक्का प्रक्रियाबाट),
७. १०२५ कृषकबाट पोषण तथा व्यावसायिक गरी ९७ हेक्टर जग्गामा फलफुल विरुवा निःशुल्क दिई वृक्षारोपण,
८. १८५० केजी मुल विउ र १०० केजी रैथाने सेतो वासमति विउ १३ जना कृषक समुहलाई निःशुल्क वितरण,
९. ३२.५ मेट्रिक टन धान विउ १६५० जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण,
१०. १५० जना कृषकहरुलाई स्प्रेयर वितरण,
११. १५० जना कृषकहरुलाई १६ हेक्टर जग्गामा मकै लगाउन निःशुल्क विउ वितरण,
१२. ७५ प्रतिशत अनुदानमा ३१४ जना कृषकहरुलाई ६०४५ प्याकेट च्याउ विउ वितरण,
१३. च्याउ विउ उत्पादकहरु ३२४ जनालाई प्लाष्टिक थैला निःशुल्क वितरण,
१४. ९५ जना किसानलाई मुग दाल खेतीका लागि ७५ प्रतिशत अनुदानमा ४२६.५ केजी विउ वितरण ।
भौतिक पूर्वाधार
१. १३४ जना मुसहर समुदायका परिवारलाई दुई कोठा, भान्सा र शौचालय सहित घर हस्तान्तरण (वडा नं. १२, १५, १३, २२,
२०, २१),
२. ११ वटा वडा कार्यालय भवन निर्माण वडा नं. २, ३, ७, ८, ९, १०, ११, १२, १५, १६ र २०,
३. स्वास्थ्य चौकी भवन निर्माण ३ वटा ११, १२ र १६,
४. लहान नगरपालिका वडा नं. ६ र ७ मा १८ करोडको कुल लागतमा लहान सपिङ्ग मल निर्माण,
५. दुर्गा मन्दिर निर्माण ४ करोड ५० लाख,
६. राममन्दिर निर्माण २ करोड ५० लाख,
७. आर्यघाट निर्माण ४ करोड,
८. नगर अस्पताल निर्माण हुँदै १८ करोड,
९. स्कुल भवन निर्माण १५ वटा (४ कोठे),
१०. लहान नगरपालिका कार्यालयपरिसर लाई सौन्दर्यकरण, गाडी पार्किङ्क गर्ने, कम्पाउण्ड, चमेना गृह निर्माण,
११. नयाँ बजार व्यवस्थापनका लागि भवन निर्माण कार्य सुरु ४ करोडको कुल लागतमा,
१२. पिसिसि सडक ढलान कार्य ४४ किलोमिटर,
१३. आरसिसि सडक ढलान कार्य ६ किलोमिटर,
१४. ग्राभेल सडक निर्माण ३२ किलोमिटर,
१५. आरसीसी नाला निर्माण कार्य ७८५४ मिटर,
१६. इटाको गारोबाट नाला निर्माण ८ सय मिटर,
१७. कल्र्भट निर्माण ११ वटा,
१८. ट्यूवेल जडान कार्य (२१३ वटा),
१९. डिप बोरिङ्ग (५१ वटा),
२०. भवन तथा कोठा निर्माण १६६ कक्षा कोठा,
२१. ग्रामीण विद्युतीकरण पोल जडान ६४५ पिस,
२२. वाउण्ड्रीवाल निर्माण ६३ सय मिटर,
२३. मन्दिर निर्माण ५० ठाउँमा,
२४. हाइमास लाईट जडान ११ ठाउँमा (वडा नं. ३,४,५,६,७,१०,१३,१५,२३)
कालोपत्रे सडक निर्माण
१. विरनगर चौकदेखि राजदेवी मन्दिर सम्म सम्पन्न,
२. हुलाक देखि सप्तऋषि अस्पताल सम्म सम्पन्न,
३. इलाका प्रशासन कार्यालय देखि हाइवे सम्म ६५ फिट सडक सम्पन्न,
४. माधोपुर देखि मोतिपुर चौक सम्म सम्पन्न, ५. गुदिगाउँ देखि वस्तीपुर मा.वि. स्कुल सम्म सम्पन्न,
६. थाना चौकदेखि कटहा चौक सम्म सुरु,
७. सिंगराहीदेखि मारवाडी सेवा सदन सम्म सुरु,
८. ग्रामीण चौकदेखि लक्ष्मीनिया मोड सम्म सुरु,
९. विशाल होटलदेखि घण्टाघर सम्म सडक स्तरोन्नतिको प्रक्रिया सुरु,
१०. रोड नं.३ गोधुली होटल देखि कुम्हाल टोल हुँदै जोशी चौक सम्म सडक स्तरोन्नती काम सुरु ।
धार्मिक/साँस्कृतिक/व्यापार/खेलकुद
१. हरेक वर्ष महिलाहरुको महान पर्व तीज र जितियामा विशेष कार्यक्रम,
२. हरेक वर्ष नगरवासीका लागि हिन्दुहरुको महान पर्व छठमा ठाउँठाउँमा घाट निर्माणमा सहयोग,
३. व्यापार प्रवद्र्धन गर्न महोत्सव आयोजना,
४. युवाहरुलाई खेलतर्फ आकर्षित गर्न हरेक वर्ष मेयर गोल्डकप फुटबल प्रतियोगिता सहितका अन्य खेलहरु आयोजना ।
अन्य कार्यहरु
१. विद्यालयमै विद्यार्थीलाई खाजा,
२. वैदेशिक रोजगारबाट फर्केका ४० जनालाई स्वदेशमा रोजगारीका लागि प्रति व्यक्ति ५०/५० हजार नगद रुपैयाँ बीउ पूँजीको रुपमा उपलब्ध,
३. महिला समूह÷सहकारीका २४ जना महिलालाई २५/२५ हजार रुपैयाँ व्यवसाय गर्न बीउ पूँजी सहयोग,
४. वडा २०, २२ र १४ का ४७ मुसहर, गरिव, विपन्न परिवारलाई ४५/४५ हजारको दरले घरमा जस्तापाता लगाउन रकम
हस्तान्तरण,
५. महिलाहरुलाई स्वरोजगार बनाउन सीपमूलक गुडिया बनाउने तालिम,
६. लैङ्गिक हिंसा कोष सञ्चालन गरि १० जना हिंसा पीडित प्रभावित महिलालाई १०/१० हजार आर्थिक सहयोग प्रदान,
७. गरिब, जेहेन्दार, दलित ५९ जना विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न १०/१० हजार छात्रवृति सहयोग,
८. एक सय जना किसानलाई औषधी छर्ने पम्पसेट र कोदालो वितरण,
९. ४० जना महिलाहरुलाई आयआर्जनमा जोड्न चप्पल, जुता बनाउने तालिम,
१०. २२ जना किसानलाई कुटी काट्ने मेसिन वितरण, १० जना डेरी र मासु व्यवसायलाई डि फ्रिज सहयोग,
११. २० जना दुध बेच्ने पशुपालकलाई दुध बोक्ने भाडो वितरण,
१२. ५० जना किसानलाई तरकारी खेती सम्बन्धी तालिम, विउ वितरण,
१३. लहान १९ स्थित नौडेगामा १० घर मुसहर समुदायलाई पक्की घर हस्तान्तरण,
१४. लहान वडा नं.–१८ बासाजोडीमा ४ घर मुसहर समुदायलाई पक्की घर हस्तान्तरण,
१५. लहान नगरपालिका १६ र १७ का ४० जना महिलाहरुलार्ई सालको पातको टपरी बनाउने तालिम,
१६. सलहेश फुलवारी, मानिक दह, पकडिया गढ, हाती दह, गोसाई डाँडा ताल, राजाजी डाँडालाई सौन्दर्यकरणमा सहयोग (वडा १२, २२, २४, १८, १५, १६),
१७. लहान नगरपालिका वडा नं.–१६ मा मलामी बस्नको लागि विश्राम भवन निर्माण,
१८. विभिन्न ठाउँका आगलागी र बाढी पीडितलाई राहत सहयोग,
१९. शारिरिक व्यामका लागि पशुपतिमा मा.वि.मा जिम सेन्टर स्थापना ।










