नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानविन गर्न सरकार तयार नभएसम्म संसद नखुल्ने टिप्पणी गर्नुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक पाण्डेले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले भिजिट भिसा प्रकरणमा विभिन्न एजेन्सीहरुको समेत संलग्नता देखिएको उल्लेख गर्दै छानविनका लागि सरकार तयार हुनुपर्ने बताउनु भयो । अख्तियारले केही कर्मचारीमाथि छानविन गरिरहेको भएपनि मानव तस्करीको व्यापक सञ्जालबारे उच्चस्तरीय छानविन हुनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सुशासनको मुद्दामा त सबै एकै ठाउँमा हुनुपर्यो नि । भिजिट भिसामा त नेपालका धेरै जनता जानुहुन्छ नि । त्यहाँ गैरकानूनी ढंगले जाने विषयवस्तु जुन व्यापक रुपमा आइरहेको छ यो उठाउन खोजेको हो हामीले । त्यही विषयमा छानविन समिति बनाऔँ भन्ने हाम्रो माग हो । उहाँहरु अख्तियारले त छानविन गराइहाल्छ नि भन्नुहुन्छ । त्यो त एकदुई कर्मचारीको विषयमा छानविन भइरहेको होला । तर भिजिट भिसामा त विभिन्न एजेन्सीहरु पनि लागे भन्ने छ नि । त्यसको लागि भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानविन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन आयोग गठनको माग राख्दै संसद अवरुद्ध गर्दै आएका छन् । —न्युज एजेन्सी नेपाल

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर