नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सत्ताको राप र तापमा नेताहरुले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताउनुभएको छ ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीतिगत भएपनि वा नभएपनि कसैले पनि जनता र देश हित विपरित काम गर्न नहुने बताउनु भयो । उहाँले मन्त्रीपरिषद्को निर्णयमा जे पनि गर्न नपाइने बताउनु भयो । जनता र देश हित विपरित काम गर्नेहरु सबैलाई कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद भण्डारीले भन्नुभयो, ‘नेताहरुले सत्ताको राप र तापमा मुलुकलाई र जनतालाई घाटा हुने काम कसैले गर्नु हुँदैन । अब माधव नेपालजी पर्नुभयो । यो तरिकाले त धेरै मानिसले गल्ती गरेका छन् । नीतिगत होस् वा बाहिर रहेर होस् । मन्त्रीपरिषद्को निर्णयमा जे पनि गर्न पाइन्छ ? मुलुक र जनतालाई घाटा लाग्ने काम गर्न पाइन्छ ? व्यक्ति त आउँदै जाँदै गर्छ । मुलुक त रही रहन्छ । कारबाही सबैलाई हुनुपर्छ । मुलुकलाई घाटा हुने काम गर्ने सबैलाई कारबाही हुनुपर्छ ।’
सांसद भण्डारीले नेपालका कुनैपनि नेताहरुले संवैधानिक निकायमा आफ्ना व्यक्ति खोज्ने काम गर्न नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर