बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण पौडेल
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण पौडेलबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको भवन, ब्यारेक, मेश, पेरिमिटर, लगायत शाखाहरूबाट भए/गरेका कामकारवाहीको अभिलेखीकरणको निरीक्षण गर्नुभएको थियो ।
साथै कार्यरत प्रहरी कर्मचारीहरूलाई अपराध अनुसन्धानमा विशेष संवेदनशील भई प्रहरी प्रति जनताले गरेको विश्वास र भरोसालाई आत्मसाथ गरी नागरीकहरुले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न थप प्रभावकारी ढंगबाट कार्यसम्पादन तथा समुदाय प्रहरी साझेदारीको अवधारणा अन्तर्गत सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर