राजविराज, २ जेठ । सबै सरोकारवाला पक्ष आ -आफ्नो ठाउँबाट इमान्दार नभए सम्म नागरिक समाज संस्थाहरुले भोगिरहेको समस्या अन्त्य हुन नसक्ने एक कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ।
शुक्रवार राजविराजमा गैर सरकारी संस्था महासंघ शाखा सप्तरीले आयोजना गरेको प्रमुख सरोकारबालाहरूसगं नागरिक समाज संस्थाहरूको स्थानमा बर्तमान नीतिमा भोगेको समस्या र मुद्दा बिषयक परामर्श बैठकमा बोल्दै वक्ताहरुले सो कुरा बताएका हुन्।

गैर सरकारी संस्था महासंघका सचिव नवीन नरसिंह नेपालीको अध्यक्षता तथा कर कार्यालय राजविराजका कार्यालय प्रमुख लालदेव सर्राफको प्रमुख आतिथ्य एव गैसस महासंघ मधेशका कोषाध्यक्ष लक्ष्मण यादव र जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र पासवानको विशिष्ठ आतिथ्यमा आयोजित कार्यक्रममा सप्तरी दृष्टि बिहिन संघ, सगरमाथा अपाङ्ग संघ, सप्तरी बहिरा संघ, जिल्ला बाल कल्ब संन्जाल, यूवा कल्ब संजाल, सहयोगी समाज नेपाल लगायतका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

रोयल प्रकाश होटेल राजबिराजमा सम्पन्न कार्यक्रममा गैसस महासंघका सदस्य पार्थो सरकार, त्रिभुवन चौधरी, एकल महिला संघकी जुही ठाकुर, राजविराज नगरपालिकाको कार्यपालिका सदस्य ललिता कर्ण, सोनी रजक र मञ्जु खड्का रजक, चन्द्र शेखर झा, बौद्धिक अपाङ्गता संघकी राधा अर्याल, दलान युवा क्लबका त्रिवेनी यादव लगायतले बोलेका थिए। कार्यक्रम संचालन गैसस महासंघका सचिवालय सदस्य सचिव नीर बहादुर आलेले गरेका थिए ।
कार्यक्रमका केहि झलकहरु







