राजविराज,३१ बैशाख । मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय सप्तरीको बुधवार अनुगमन निरिक्षण गर्नु भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालय प्रमुखको रुपमा पदभार ग्रहण गर्ने बित्तिकै डिआईजी चतुर्वेदीले आफ्ना मातहतको कार्यालय अनुगमन निरिक्षण गर्न सप्तरी आईपुगेका हुन ।

बुधवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा निरिक्षण गर्न आएका डिआईजी चतुर्वेदीलाई सप्तरीका एसपी ढकेन्द्र खतिवडा, डिएसपी जितेन्द्र बस्नेत, प्रहरी निरिक्षक मनिष श्रेष्ठ लगायतले प्रवेशद्धारमै स्वागत गरेका थिए ।
डिआईजी चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय सप्तरीको सम्पूर्ण शाखाहरु, कम्पाउण्ड परिसर, हिरासत(थुनुवा) कक्ष, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट, लाईन ब्यारेक लगायतका अवलोकन एवम् निरीक्षण गरेका छन । उहाँले सो क्रममा उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरु तथा मातहतको यूनिट ईन्चार्जहरुलाई निति निर्देशन समेत दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

डिआईजीचतुर्वेदीलाई माला लगाएर स्वागत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडा

डिआईजीचतुर्वेदीलाई माला लगाएर स्वागत गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र बस्नेत ।

डिआईजीचतुर्वेदीलाई माला लगाएर स्वागत गर्दै ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीका डिएसपी माधव काफ्ले ।


























