प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना

काठमाण्डौं,२७ बैशाख ।  प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानूनले विभेद गर्नु लज्जास्पद भएको बताउनुभएको छ ।

काठमाडौंमा जारी कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिनु लज्जास्पद भएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक व्यवस्थाले कानून परिस्कृत गर्नुपर्नेमा अझै कुष्ठ रोगीमाथि विभेद गर्नु लज्जास्पद भएको बताउनु भयो । नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भएपनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद् भएको उहाँको भनाइ छ । समाजले कुष्ठ रोगीलाई महारोग भनेर छिछि र दुर्दुर गर्दा रोगीहरु मानसिक समस्यामा पुग्ने गरेको बताउनु भयो । कुष्ठरोग औषधिको सेवनपछि पूर्णरुपमा ठिक हुने भएकाले रोगीलाई महारोग भनेर तर्साउन नहुने उहाँको भनाइ छ । उहाँले अरु अशक्तहरुले विभिन्न कला देखाए जस्तै कुष्ठरोगीका लागि पनि कुनै सिर्जनात्मक वातावरणको निर्माण गरी सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मुलुकी देवानी संहितामा अहिले पनि महारोग भनेर परिभाषित गर्दा मलाई लज्जास्पद लाग्यो । हामी कहाँ रहेछौँ अहिलेसम्म ? यो धेरै परिस्कृत भयो भनेको छ कानूनले त यहाँहरुलाई अझै विभेद गरेको रहेछ । कानूनले विभेद गर्नु लज्जास्पद भयो । अरु रोगबाट पीडितको कला देखाएको देखेको छु मैले उहाँहरुका लागि पनि उहाँहरुले जे सक्नुहुन्छ वातावरण सिर्जना ग¥यो भने सरकारले त्यसलाई फण्डिङ ग¥यो भने सामाजिक भत्ता छ छैन भन्दाखेरि ३० हजार अशक्ततामा रहेछ उहाँहरुले भत्ता  पाएको छ होला । दुई लाख भन्दा बढी दर्ता भएको छ तर उहाँहरुले पाएको छैन त्यो पनि दुःख लाग्दो कुरा हो । जब हामी नाम दिन्छौँ नि महारोग भनेर त्यत्तिकै मान्छे तर्सिन्छ, डिप्रेसनमा जान्छ मानसिक समस्या हुन्छ । धेरै जना मानसिक समस्या भएको  पनि मैले पाएको छु ।’

उपसभामुख रानाले कुष्ठ रोगीहरुको आवाज संसदसम्म पुग्नुपर्ने बताउनु भयो । कुष्ठरोगसम्बन्धि विधेयक ल्याउन आफूले सहयोग गर्ने उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर