पार्टी प्रवेश तथा जनसभामा मञ्चासीन अध्यक्ष डा. राउतसहित नेतागण । 
राजविराज, २५ बैशाख । सप्तरीको विष्णुपुर गाउँपालिकामा बिहीवार जनता समाजवादी पार्टीका पूर्व केन्द्रीय सदस्य विशेश्वर रजक सहित १ सय ५० बढी नेता कार्यकर्ता जनमत पार्टी प्रवेश गरेका छन् ।  जनमत पार्टी विष्णुपुर गाउँपालिका समितिद्वारा आयोजित एक समारोहका वीच जसपा नेपाल ,काँग्रेस र सद्भावना पार्टी परित्याग गरि उनीहरु जनमत पार्टी प्रवेश गरेका हुन् ।
जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहको अध्यक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष डा. सिके राउतले उनीहरुलाई  गम्छा, माला र टिका लगाएर पार्टी प्रवेश गराए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले राज्यको विभेदकारी नीति विरुद्ध संगठित हुनुको विकल्प नरहेको बताउँदै पार्टीमा इमानदार अनुभवी नेताहरु प्रदेश गरेको भन्दै खुशी व्यक्त गरे । उनले पार्टीमा नेताहरूको आगमनले  सुशासन र अधिकार सुनिश्चितताको लडाईमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नवप्रवेशी सबै नेताकार्यकर्तालाई क्षमता अनुसारको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे ।
                                                       पार्टी प्रवेश तथा जनसभामा सहभागीहरु ।
उक्त अवसरमा जसपा नेपाल परित्याग गरि रजकको नेतृत्वमा नरेन्द्र प्रसाद यादवसहित १ सय जना, लोकतान्त्रिक समाजवादीका  केन्द्रीय सदस्य हरि मण्डलको नेतृत्वमा २ दर्जन ,हरेराम ठाकुरको नेतृत्वमा नेपाली काँग्रेस परित्याग गरि ३ दर्जनको संख्यामा तथा सद्भावनाका स्थानीय नेताकार्यकर्ता १ दर्जनबढी जनमत पार्टी प्रवेश गरेको जनमत पार्टी सप्तरीले जनाएको छ ।
पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका संगठन विभाग प्रमुख जयकान्त राउत, मधेस प्रदेशका मुख्यमन्त्री शतिष कुमार सिंह, उधोग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि,  मधेस प्रदेशका संसदीय दलका नेता एवम् पूर्व मन्त्री महेश प्रसाद यादव,  सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ (ख).बाट निर्वाचित प्रदेशसभा सदस्य शम्भु साह, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र कुमार माझी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव लगायतका पार्टीका विभिन्न तहका नेताकार्यकर्ताहरु उपस्थिति रहेको थियो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर