राजविराज,१२ बैशाख । नेपाल राष्ट्रिय बांग्ला समाजद्वारा प्रकाशित प्रथम भित्तेपात्रो (क्यालेण्डर)को कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले एक कार्यक्रमका बीच सार्वजनिकीकरण गर्नुभएको छ ।

कार्यक्रममा बांग्ला समाजका केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी, केन्द्रीय सदस्य एवं कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्ती, मन्त्रीका स्वकीय सचिव एवं बंगाली समाजका कुन्दन मंडल, हरपित कौर राय, कृष्णा दास, महादेव सरकार, मनोज सुत्रधारी र टनक कुमार लगायतको उपस्थिती रहेको समाजका केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दीले जानकारी दिनुभयो । त्यस्तै मधेश प्रदेशका पूर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले पनि समाजद्धारा प्रकाशित क्यालेण्डर) लिई समाजलाई बधाई तथा धन्यवाद दिएको बांग्ला समाजका केन्द्रिय अध्यक्ष पार्थो सरकारले जानकारी दिनुभयो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर