राजबिराज,११ बैशाख। राजबिराजमा विहिवार महिनावारी स्वच्छता व्यवस्थापन संजाल समूहको नेतृत्व व्यवस्थापन र प्रभावकारी संचार शीप सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
महुली सामुदायिक विकास केन्द्र बक्धुवा सप्तरीको आयोजना तथा बि.एमजेड,भीसीएको सहयोगमा सम्पन्न गोष्ठीमा डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका र विष्णुपुर गाउँपालिकाका २४ जना बालबालिकाको सहभागीता रहेको थियो ।
निर बहादुर आलेले सहर्जीकरण गरेको कार्यशाला गोष्ठीमा महुली सामुदायिक विकास केन्द्रका पालिका संयोजक राजु अधिकारी, प्रमिला चौधरी, वास मेन्टरहरु कल्पना यादव, सुशिल कुमार साह, राजदेव पासवान, राम कुमार मुखिया, डब्लु एचएचबाट मिल अफिसर अर्चना यादव, कोशी टेलिभिजनका संतोष माझी, गैर सरकारी संस्था महासंघ सप्तरीका जिल्ला अध्यक्ष दिपक झा,सचिव नविन नरसिंह नेपाली,सदस्य पार्थो सरकार लगायतको सहभागीता रहेको थियो ।
गोष्ठीमा १२ देखि १८ वर्षमुनिका बालबालिकाहरुको सहभागीता रहेको महुली सामुदायिक विकास केन्द्रका पालिका संयोजक राजु अधिकारीले जानकारी दिनुभयो ।

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर