सप्तरी । मधेश प्रिमियर लिगको तेस्रो संस्कार अन्तर्गत शुक्रवार भएको खेलमा कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङले मिथिला वारियर्स ५ बिकेटले बिजयी भएको छ ।

पहिलो खेलमा बलानले कोशीलाई ८१ रनले र दोस्रो खेलमा जनकपुर सनराईजलाई ५ बिकेटले पराजित गर्दै मिथिला वारियर्स बिजयी भएको हो ।

बलान बिहुल सुपर किंंग्स र कोशी दुहबी क्यापिटल बिच भएको पहिलो खेलमा टस जितेर ब्याटिंग गरेका बलानले निर्धारित १२ ओभरको खेलमा ८ बिकेट गुमाएर १ सय ४१ रनको योगफल खडा गरेका थिए । जसमा ईमरान शेखले सर्वाधिक ४१ रन, राशिद खान ३०, अरनिको यादबले २० रन तथा बिकास दासले १३ रन जोडेका थिए ।

बलिंग तर्फ कोशीका भिम यादब ३ बिकेट, अनुज चौहान २ बिकेट तथा मोहम्मद सोहिल, साजन दास, नवीन यादबले समान्य १(१ बिकेट हात पारेका थिए ।

प्रतिउत्तरमा १ सय ४२ रनको लक्ष्य लिएका कोशीले १२ ओभरमा ९ बिकेट गुमाएर ६० रन मात्र बनाउन सकेका थिए । जसमा नविन कुमार यादबले ३३ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोर अंक बनाउन सकेन, यता बलान बिहुलको कसिलो बलिंगले गर्दा कोशीलाई सस्तोमा आउट गर्न बिवेक यादब, राशिद खान र भुवन कार्की २र२ बिकेट, र बिकास दासले १ बिकेट हात पारेका थिए ।

उक्त खेलमा प्लेयर अफ दि म्याच बलान राशिद खान घोषित भएको मधेश प्रिमियर लिगका सचिव ई राहुल देवले जानकारी दिनुभयो ।

यसैगरी दोस्रो खेलमा मिथिला वारिर्यस र जनकपुर सनराईजर्स बिच भएको खेलमा टस जितेर मिथिला वारियर्सले जनकपुरलाई ब्याटिंग गर्न दिएपछि निर्धारित २० ओभरको खेलमा १८ ओभर ५ बलमा सबै बिकेट गुमाएर १ सय २२ रनको योगफल खडा गरेका थिए ।

जसमा मयन यादब ३६ रन, राष्ट्रिय खेलाडी आशिफ शेखले १८ रन, आरिफ शेख ११ रन र बिशाल पटेलले २२ रन बनाएका थिए । बलिंग तर्फ मिथिला वारिर्यसका शेर मल्लले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा १५ रन खर्चे ४ बिकेट हात पारेपछि जनकपुर लाई कम स्कोरमा रोकेका थिए ।

यसैगरी राष्टिय खेलाडी कुशल भुर्तेलले २ बिकेट, राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह एरी र अर्का राष्ट्रिय खेलाडी बसिर अहमदले समान्य १र१ बिकेट हात पारेका थिए ।

प्रतिउतरमा १ सय २३ रनको लक्ष्य पछयाउने क्रममा मिथिला वारियर्सले १४ ओभर ३ बलमा ५ बिकेट गुमाएर बिजयी भएको हो । वारियर्सलाई जिताउन राष्ट्रिय खेलाडी कुशल भुर्तेलले ७ चौका र ३ छक्काको मदतले ५६ रन बनाउदै उत्कृष्ट ब्याटिंग गरेपछि जित सहज भएको हो ।

यसैगरी राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह एरीले २३ रन तथा बसिर अहमदले अविजित १२ रन र सुमित महर्जनले ७ रन अविजित रहदै रन बनाएका थिए ।

बलिंग तर्फ जनकपुरका विशाल पटेल २ बिकेट विशाल सुश्लिंग, फदेह सिद्विकी, र प्रदिप पासवानले १र१ बिकेट हात पारेका थिए । खेलको प्लेयर अफ दि म्याच मिथिला वारिर्यसका कुशल भुर्तेल घोेषित भएको थियो ।

भोलिको पहिलो खेल काठमान्डौ रोयल्स र छिन्मस्ता तथा सप्तरी बलान बिहुल र मिथिला वारियर्स बिच हुने मधेश प्रिमियर लिगका डाईरेक्टर पवन दासले जानकारी दिनुभयो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर