राजविराज, २२ चैत । राजविराज : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सप्तरीको दिघवामा ‘प्रादेशिक स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टर, कल सेन्टर र इन्नोभेसन सेन्टर’को भवन शिलान्यास गरेका छन् ।

शुक्रबार राजविराज नगरपालिका–१० दिघवास्थित ‘प्रादेशिक स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टर, कल सेन्टर र इन्नोभेसन सेन्टर’को अध्यक्ष डा.सीके राउतले शिलान्यास गरेका हुन् ।

मधेश प्रदेश सरकारको १ करोड १७ लाख २६ हजार ३ सय १२ रुपैयाँको लागतमा सो स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टरको भवन निर्माण हुन लागेको हो ।

उक्त शिलान्यास कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष एवम् संगठन विभाग प्रमुख डा.जयकान्त राउत,जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता पूर्व शिक्षामन्त्री महेश प्रसाद यादव,मधेश सरकारका उद्योग ,वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँसहित पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

१ करोड ८० लाखको लागतमा निर्माण हुने खोज तथा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) निर्माणको जिम्मा डी.एस. इन्जिनियरिङ्ग कन्स्ट्रक्सन टोखा काठमाडौले पाएको छ । १ करोड १७ लाख २६ हजार ३ सय १२ रुपैयामा निर्माण ठेक्का पाएका कन्स्ट्रक्सले २०८२ असार २० सम्म काम सम्पन्न गर्ने सम्झौता भएको पर्यटन विकास कार्यालय लहानका प्रमुख उप-सचिव बसन्त कुमार दासले जानकारी दिए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर