काठमाडौँ । म्यानमारमा चैत १५ गते गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २,८८६ पुगेको त्यहाँको सैन्य सरकारले बुधबार दिएको छ।

भूकम्पमा घाइते हुनेको संख्या ४,६३९ पुगेको छ भने ३७३ जना अझै बेपत्ता छन्। राहत र उद्धार जारी छ।

मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

गत मार्च २८ मा म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प जाँदा छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो। त्यहाँ भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता छन्।

७.७ म्याग्निच्युडको भूकम्प गएको १२ मिनेटपछि फेरि म्यानमारमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर