काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व-प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि संस्थाको करोडौं होइन, अर्बौं रुपैयाँ प्रचार-प्रसारमा खर्च गरेको आरोप लागेको छ। महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतमा सरकारको तर्फबाट बहस गर्दै घिसिङले सरकारी खर्चबाट युट्युब च्यानलहरूमा ठूलो रकम खर्च गरेर आफ्नो छवि देवत्वकरण गरेको दाबी गरे।
बडालका अनुसार हाल सरकार उक्त खर्चको विस्तृत विवरण संकलन गरिरहेको छ। उनले थपे, “यो रकम करोडौंमा सीमित छैन, अर्बौं रुपैयाँ प्रचारमा प्रयोग भएको छ।”

ऊर्जामन्त्री दीपक खड्काले यसअघि नै घिसिङमाथि भारतबाट बिजुली आयातका कारण मात्र लोडसेडिङ अन्त्य भएको, बक्यौता उठाउन चुकिएको र सरकारको अनुमति नलिई भारतसँग विद्युत व्यापारको सम्झौता गरेको जस्ता आरोप लगाइसकेका थिए।






