राजविराज, ७ चैत्र । मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले एसइई परीक्षा अनुशासित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्न जिल्ला स्तरीय परीक्षा समिति लगायत सम्बन्धित सबै पक्ष सँग आग्रह गरेको छ ।
पूर्व मन्त्री साहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन- एसइई परीक्षा अनुशासित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्न जिल्ला स्तरीय परीक्षा समितिको प्रमुख जिम्मेवारी रहन्छ । परीक्षा मर्यादा उल्लंघन हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन, किनभने यस्ता कार्यले परीक्षाको विश्वासनीयता कमजोर पार्नुका साथै मिहिनेतका साथ तयारी गरेका मेधावी विद्यार्थीहरूलाई अन्याय हुन सक्छ ।

उहाँले परीक्षा स्वच्छ बनाउन परीक्षा समितिका पदाधिकारीहरू मात्रै होइन, परीक्षार्थी, अभिभावक, परीक्षा केन्द्रका कर्मचारी, सुरक्षाकर्मी तथा सम्बन्धित सबै पक्षको सक्रिय सहयोग आवश्यक छ । परीक्षाको गरिमा जोगाउनु हाम्रो सामूहिक दायित्व हो, जसका लागि इमानदारी, अनुशासन र सचेतना अनिवार्य छ ।
एसइई परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना ! मेहनत, आत्मविश्वास र इमानदारीको साथ अगाडि बढ्नुहोस सफलता अवश्य मिल्नेछ । भन्दै एसइई दिईरहेका विधार्थीहरुलाई शुभकामना समेत दिएका छन । पूर्व मन्त्री साह जनता समाजवादी पार्टीका केन्द्रिय सचिव समेत हुन् ।

आज देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी माध्यमिक शिक्षा परिक्षा (एसइई) दिदैछ ।
देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि ११ बजे सम्म एसइई सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।
आजदेखि सुरु भएको एसइई यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

वर्ष २०८० सालको एसइई परीक्षामा देशभरबाट ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २ सय ८६ जना बढेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

एसइईमा १५० जना सम्म परीक्षार्थी भएको केन्द्रमा १ जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर १ जना निरीक्षक खटाईएको छ । ७५ जना भन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको बोर्डले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर