राजविराज,६ चैत । सप्तरीका दुई अग्निपीडित परिवारलाई धर्मिहल्फा महिला विकास क्लब लालापट्ी सप्तरीले राहत वितरण गरेको छ ।
क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले पीडित परिवारलाई बुधबार राहत वितरण गरेका हुन ।
अग्नीपीडित दुबी लाल यादव र सुरेश शर्माका परिवारलाई सहयोग स्वरूप जनही एक—एक थान त्रिपाल, थाल, ग्लास, कन्ती, डेक्ची, पन्यौ बाल्टिन, मग, म्याट्रेस लगायतका सामाग्री प्रदान गरेको इन्जिनियर यादवले जानकारी दिनुभयो ।
गत चैत ४ गते यादव र शर्माको घरमा विधुत सर्ट भई आगलागी हुँदा १२ लाख ३६ हजार बराबरको क्षति भएको थियो ।
राहत वितरण कार्यक्रममा राजविराज नगरपालिका वडा नं.६ का निवर्तमान वडा अध्यक्ष प्रेम कुमार यादव, स्थानीय छेदी यादव,उमेश देव,अमिर कुमार यादव, लाल देव यादव,अशोक लाल यादव लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।







