राजबिराज,६ चैत्र । स्वतन्त्र विद्यार्थी युनियनको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजको सभापति पदमा समाजवादी विद्यार्थी युनियनका रंजित कुमार यादव निर्वाचित भएका छन् ।

यादवले निकटम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार बिनय कुमार यादब भन्दा ६१ मत बढी ल्याई स्ववियु सभापतिमा दोश्रो पटक बिजयी भएका हुन ।

यादव ३ सय ९३ मत प्राप्त गरी प्यानलसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार बिनय कुमार यादबले ३ सय ३२ मत ल्याई दोस्रो र अनेरास्वबियूका मनिषा कुमारी साहले ३ सय ३१ मत ल्याई तेस्रो भएकी छन् ।

सचिवमा समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीका संयुक्त गठबन्धनका मुकेश कुमार साह ३ सय ९५ मत ल्याई निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी अजय यादवले ३ सय २४ मत प्राप्त गरेको छ ।
कोषाध्यक्षमामा समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीका संयुक्त गठबन्धनका उम्मेदवार कंचन कुमारी ठाकुरले ४ सय १० मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।

उनका निकटतम प्रतिद्वन्दी मो.अबुजर आलमले २ सय ९५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
हिजो (मंगलबार) भएको निर्वाचनमा कुल २ हजार ७ सय ३१ मतदाता रहेकोमा १ हजार २ सय ७२ मत मात्र खसेको थियो ।

सदस्यहरुमा पनि समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीका संयुक्त गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएको प्रमुख अधिकृतले जानकारी दिनुभयो ।
समाजवादी विद्यार्थी युनियन जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन हुन भने अखिल क्रान्तिकारी नेकपा माओवादी निकट विद्यार्थी संगठन हुन् ।

यस वर्षको स्ववियु निर्वाचनमा नेपाली काग्रेँस निकट नेपाल बिद्यार्थी संघलाई ठूलै झट्का लागेको छ । संघले सम्मानजनक मत समेत प्राप्त गर्न सकेको छैन । खसेको १ हजार १ सय २१ मतमा नेविसंघले सय मत समेत कटाउन सकेनन् ।

नेपाल बिद्यार्थी संघका तर्फबाट नितिश कुमार यादब उम्मेदवार थिए । त्यस्तै जनमत बिधार्थी संघका त्रिवेणी कुमार यादबले पनि संतोषजनक मत पाएन्न् उनले पनि सय मत कटाउन सकेनन् । जनमत बिधार्थी संघ सीके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन हो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर