राजबिराज,६ चैत्र । स्वतन्त्र विद्यार्थी युनियनको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजको सभापति पदमा समाजवादी विद्यार्थी युनियनका रंजित कुमार यादवले बाजी मारेका छन ।
यादवले निकटम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार बिनय कुमार यादब भन्दा ६१ मत बढी ल्याई स्ववियु सभापतिमा दोश्रो पटक बिजयी भएका हुन ।
यादव समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए ।
तेश्रो स्थानमा अनेरास्ववियुकी मनिषा कुमारी साह, चौथो स्थानमा नेपाल बिद्यार्थी संघका नितिश कुमार यादब र पाचौं स्थानमा जनमत बिधार्थी संघका त्रिवेणी कुमार यादबले मत पाएका छन ।
मत परिणामको आधिकारिक घोषणा भने हुन बाँकी रहेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर