राजविराज,५ चैत्र । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश अन्तर्गतका शिक्षा समन्वय अधिकारीहरूले एसईई परीक्षाका लागि ठूलो रकम लिई चलखेल गरेको आरोप लगाएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् । उहाँले माध्यमिक शिक्षा परिक्षा (एसईई)का लागि शिक्षा समन्वय अधिकारीहरूले परिक्षा केन्द्र र केन्द्राध्यक्ष राख्न ठूलो रकमको खेल भएको बताएका छन ।

उहाँले निजी क्षेत्रको मात्रै नतिजा राम्रो हुने र सरकारी तथा सार्वजनिक विद्यालयको नतिजा नराम्रो आउनुमा शिक्षा समन्वय अधिकारीहरूकै बदमासीको उपज रहेको बताए ।

एसईई मर्यादित बनाउन केन्द्राध्यक्ष गोला प्रर्थाबाट चयन गर्न आग्रह गरे पनि शिक्षा समन्वय अधिकारीहरुले नटेरेको गुनासो मुख्यमन्त्री सिंहको छ ।
प्रदेश सरकारले राखेको केन्दध्यक्ष चयन सम्बन्धि प्रस्ताव नमाने पछि मधेस प्रदेश सरकार एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको मुख्यमन्त्री सिंहले बताए ।

उहाँले परीक्षा अहिले सञ्चालन गर्न आफूहरुले अवरोध नगर्ने तर आगामी दिनमा प्रदेश सरकारले आफ्नो निर्णय गरेर अघि बढ्ने पनि बताए ।

शिक्षा क्षेत्रलाई सहि ठाउँमा ल्याउन अहिलेका शिक्षा समन्वय अधिकारीहरूमाथि कारबाही नगरे मधेस प्रदेशबाट उनीहरूलाई नै हटाउने चेतावनी समेत मुख्यमन्त्री सिंहले दिएका छन ।
बिहीबारदेखि सुरु हुन लागेको एसईईको परीक्षाको पूर्वसन्ध्यामा मुख्यमन्त्री सिंह र मधेसका शिक्षा मन्त्री रानी शर्मा तिवारीले परीक्षा प्रक्रियाबाट बाहिरिएको जानकारी दिएका हुन ।
सरकारलाई नटेरेपछि परीक्षामा प्रदेश सरकार शामिल हुनुको कुनै औचित्य नरहेको मुख्यमन्त्री सिंहले बताए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर