राजविराज, ०३ चैत । शिक्षा, समानता, र समृद्धि – हाम्रो प्रतिबद्धता!समाजवादको बाटो, विद्यार्थीका अधिकारको रक्षा! नारा सँग समाजवादी बिधार्थी युनियन नेपालले विद्यार्थीहरूको हितका लागि प्रभावकारी एजेन्डाहरू अघि सारेकाे छ।
आगामी चैत ५ गते हुने निर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न शैक्षिक सुधार, फ्री वाइफाइ र डिजिटल लाइब्रेरी – क्याम्पसभित्र सहज इन्टरनेट र अध्ययन सामाग्रीको पहुँच,प्रशस्त पुस्तकालय सुविधा – नयाँ पुस्तकहरू, अध्ययन सामग्रीहरू थप्ने पहल, सहज नोट्स र सामाग्री उपलब्ध गराउने व्यवस्था मिलाउने चुनावी एजेन्डा तय गरेको हो ।
यसैगरी डिजिटल तथा फिजिकल रूपमा नोट्स वितरण,सत्र ढिलाइ रोक्ने नीति – परीक्षा समयमै सञ्चालन र रिजल्ट छिटो निकाल्ने दबाब, आर्थिक सहुलियत (Financial Support) छात्रवृत्ति कार्यक्रम विस्तार – आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्ति, शुल्कमा पारदर्शिता – अनावश्यक शुल्क लिने प्रवृत्ति हटाउनेछ। सवियूको चुनावी एजेन्डा छ ।
यस्तै किस्ताबन्दीमा शुल्क तिर्ने सुविधा – एकैचोटि ठूलो रकम तिर्नुपर्ने बाध्यता हटाउने, पार्ट-टाइम जॉचको अवसर – विद्यार्थीलाई क्याम्पसभित्र वा बाहिर काम खोज्ने व्यवस्था, पूर्वाधार विकास, सफा र व्यवस्थित क्याम्पस – सरसफाइ, ट्रास कलेक्शन, हरियाली वातावरण, शौचालय र खानेपानीको व्यवस्था गरिने छ।
सवियू नेपालले सबै क्याम्पसमा राम्रो सुविधा, रिडिङ रुम र स्टडी स्पेस – समूह अध्ययनका लागि कक्षा खाली राख्ने व्यवस्था, खेलकुद र अतिरिक्त गतिविधि – फुटबल, बास्केटबल, डिबेट, सेमिनार कार्यक्रम, विद्यार्थी अधिकार र स्वरक्षा,यौन दुर्व्यवहार विरुद्ध कडा नीति लिने छ।
चुनावी एजेन्डामा महिला तथा सबै विद्यार्थीको सुरक्षा,राजनीतिक हस्तक्षेप कम गर्ने पहल पढाइ केन्द्रित वातावरण बनाउन, हाजिरीमा लचकता – आवश्यक छुट्टी पाउन सक्ने नियम बनाउन, स्वास्थ्य बीमा तथा आपतकालीन कोष खडा गरिने उल्लेख छ ।
‘बिरामी परेमा वा दुर्घटना हुँदा सहयोग, विद्यार्थी सहभागिता र पारदर्शिता, FSU बैठक र निर्णय सार्वजनिक गर्ने नीति – कोष कसरी खर्च भयो भन्ने पारदर्शिता, विद्यार्थी गुनासो व्यवस्थापन समिति – अनलाइन वा प्रत्यक्ष गुनासो दिने सुविधा, शैक्षिक भ्रमण र इन्टर्नशिप अवसर – विद्यार्थीलाई बाहिरी अनुभव दिलाउने छ।’ सवियूको चुनावी एजेन्डामा छ ।
मविव क्याम्पस राजविराजमा जसपा नेपाल निकट सवियू नेपाल र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारको संयुक्त गठबन्धनबाट रञ्जित कुमार यादव नेतृत्वको प्यानल तथा विभिन्न पार्टी निकट संगठन चुनावी प्रतिस्पर्धामा छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर