राजविराज,४ चैत्र । सप्तरीको राजविराजमा सोमवार दिउँसो आगलागी हुँदा १२ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
राजविराज नगरपालिका वडा नं. ६ स्थित खर्साल टोलमा दुबी लाल यादवको घर तथा नजिकै रहेको सुरेश शर्माको फर्निचरमा आगलागी भएको हो ।
विधुत सर्ट भई यादवको घरबाट सुरु भएको आगलागी छिमेकी सुरेश शर्माको फर्निचर घरमा सल्कीएपछि फर्निचर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय प्रभु यादवले बताए ।
फर्निचर घरमा रहेकोे विभिन्न मेसिनरी उपकरण, लताकपड़ा, काठ लगायतका समानहरु पूर्ण रूपले जलेर नष्ट भएको हो ।
आगलागीबाट शर्माको फर्निचरका सामानपूर्ण रुपमा जलेर नष्ट भई ४ लाख १५ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । यसैगरी यादवको लत्ताकपडा, अन्नपात, भाँडाकुँडा,काठ फर्निचर,नगद ५० हजार, सुन ८ आना, चाँदी ४० तोला सहितका गरगहना गरि ८ लाख २१ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगो राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र,स्थानीयबासीे र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको बताईएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर