काठमाडौँ । ललितपुरको पुल्चोक र भैँसेपाटी क्षेत्रमा २ महिनासम्म प्रदर्शन तथा जुलुस गर्न निषेध गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले चैत ४ गतेबाट लागु हुने गरी दुई महिनासम्म पाँच जनाभन्दा धेरै मानिस भेला भएर धर्ना र अनसन लगायतका विरोध कार्यक्रम गर्न निषेध गर्ने आदेश गरेका हुन् ।

पुल्चोक स्थित युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र आसपासको क्षेत्र र भैँसेपाटी स्थित नयाँ मन्त्री निवासको आसपासको क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
आदेशको उल्लंघन गरेर भौतिक सम्पत्ति नोक्सान भएमा आयोजकबाट नै क्षतिपूर्ति बापतको रकम असुल गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि काठमाडौँका विभिन्न स्थानमा भेला हुन र प्रदर्शन गर्न रोक लगाउने निर्णय गरेको थियो ।

484445926_1452928045669615_8472769353914032146_n482973428_679783331053414_4163872778556115240_n

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर