वीरगन्ज । नेपाल राष्ट्रिय बांग्ला समाजले आफ्नो पहिलो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएका छन्।
समाजका पर्सा शाखा कमिटी अध्यक्ष संदिप बनर्जीको अध्यक्षता तथा स्वामी संतोष आनन्द महाराजको प्रमुख अतिथि एवं समाजको केन्द्रीय अध्यक्ष पार्थो सरकार, केन्द्रीय उपाध्यक्ष किरण कुमारी सरकारको विषेश उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

बिरगंजको दुर्गा मन्दिरमा सरसफाई, अन्तरक्रिया एवं शुभकामना आदान प्रदान गरि पहिलो स्थापना दिवस मनाइएको समाजले जनाएको छ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य रुद्र हल्दार, ठाकुराम बहुमुखी क्याम्पसका पूर्व उप प्राध्यापक सोभा बनर्जी, मिहिर अधिकारी,संजय दास, तिताष हल्दार लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन समाजका पर्सा जिल्ला सचिव दिलिप कुर्मीले गर्नुभएको थियो। साथै उक्त भेलाबाट भाषा सम्मेलन गर्ने समेत निर्णय गरिएको समाजका केन्द्रीय अध्यक्ष पार्थों सरकारले जानकारी दिनुभयो।
नेपाल राष्ट्रिय बांग्ला समाजको मिति २०८० साल फाल्गुन २३ गतेका दिन विधिवत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई वैधानिक मान्यता पाएको हो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर