काठमाडौं । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्रराष्ट्र माल्दिभ्सका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग शिष्टाचार भेट गर्नुभएको छ ।

बिहीबार मालद्वीपको संसद भवनमा भएको भेटमा द्विपक्षीय हितम, संसदीय आदानप्रदान अभिबृद्धि र क्षेत्रीय स्तरमा सहकार्य गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ।

सांसद ढकालले नेपालका सभामुख देवराज घिमिरेको तर्फबट माल्दिभ्सका सभामुख अब्दुल रहीम अब्दुल्लालार्इ शुभकामना दिँदै सार्क मुलुकका सभामुख र सांसदहरु बीचको आदानप्रदान बढाउनु पर्ने धारणा राख्नुभयो ।

सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र मालद्वीप असल मित्रराष्ट्र रहेको बताउनुभयो । पूर्व मन्त्रीसमेत रहनुभएका ढकाल माल्दिभ्सको २ दिने मैत्रीपूर्ण भ्रमणमा हुनुहुन्छ ।

ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुनुहुन्छ । नेपाल र माल्दिभ्सबीच सन् १९८० मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर