राजविराज १३ फाल्गुन । हरिन्देश्वर महादेव मन्दिर संरक्षण सम्वद्र्धन समिति राजविराजका अध्यक्ष ध्रुव प्रसाद देवले महाशिवरात्री पर्वको सबै तयारी पूरा भएको बताउनु भएको छ ।
कोशी टेलिभिजन अनलाईन संस्करणका लागि प्रतिक्रिया दिदै उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्ष देवले हरिन्देश्वर महादेव मन्दिरमा हुने महाशिवरात्री पर्वको दिन विहान हिन्दु वैद्धिक परम्परा अनुसार शिव पूजन, शिव विवाह महोत्सव हुने बताउनुभयो ।
मन्दिर संरक्षण सम्वद्र्धन समिति अध्यक्ष देवले महाशिवरात्रीको साँझ जिल्लाका सांसद विभिन्न कार्यालयका प्रमुख गणमान्य व्यक्तिहरु भेला हुने र ध्वनि प्रज्वलन गरी संगीतमय भजन संध्या गरिने तयारी गरिएको बताउनुभयो ।
शक्तिजनहरुका लागि पानी,बेलपत्र र प्रसाद वितरणको पनि व्यवस्थापन भैरहेको मन्दिर संरक्षण सम्वद्र्धन समितिका कोषाध्यक्ष प्रमोद काबराले जानकारी दिनुभयो ।


साउण्ड सिष्टम,स्टेज व्यवस्थापन कार्यमा खटिएका मन्दिर संरक्षण सम्वद्र्धन समितिका सचिव देवराम यादवले महाशिवरात्रीको अवसरमा हरिन्देश्वर महादेव मन्दिरमा जल अर्पण गर्न आउने श्रद्धालु भक्तजनलाई कुनै किसिमको समस्या हुन नदिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
तस्वीरमा हरिनन्देश्वर महादेव मन्दिर राजविराजको दृश्य-


तस्वीरहरु : नविन नरसिंह नेपाली /कोशी टेलिभिजन






