मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको केही हप्तापछि उनकी पत्नी तथा अभिनेत्री करिना कपूरले एउटा रहस्यमय पोस्ट सेयर गरिन्। करिना आफ्नो पोस्टका कारण चर्चामा छिन्। यो रहस्यमय पोस्टले विवाह, सम्बन्ध विच्छेद, सम्बन्ध र मृत्युको बारेमा कुरा गर्छ।
करिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट एउटा स्टोरी सेयर गरेकी थिइन्। अभिनेत्रीको यो पोस्टमा लेखिएको थियो- विवाह, सम्बन्ध विच्छेद, बच्चा जन्माउने, आफन्तको निधन र पालनपोषण भनेको के हो भनेर तपाईँले कहिल्यै बुझ्नुहुँदैन । जबसम्म यो तपाईँलाई पर्दैन। सिद्धान्तहरू र अनुमान गरिएका परिस्थितिहरू वास्तविकता होइनन्। जीवनले अन्यथा नभनेसम्म तपाईं आफूलाई एकदमै स्मार्ट ठान्नुहुन्छ ।’

उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पोस्ट हेरेपछि फ्यानहरूले फरक-फरक प्रतिक्रिया दिइरहेका छन्। धेरै मानिसहरूले यसलाई सैफमाथि भएको आक्रमणसँग पनि जोडिरहेका छन्।






