राजविराज,८ फाल्गुन। सप्तरीको राजविराजमा बिहीवार बिहान करिव ४ बजे एक ट्याक्टरमा आगजनी गरिएको छ।

राजविराज नगरपालिका वडा नं.७ निवासी एवं गैर सरकारी संस्था महासंघ शाखा सप्तरीका अध्यक्ष दिपक कुमार झाको ट्याक्टरमा आगजनी गरिएको हो।

झाको घर नजिकै पार्किङ्ग गरी राखिएको ट्रैक्टरमा जानी जानी आगजनी गरिएको  पीडितको दाबी छ। आगजनीबाट पीडित झाको घर र छिमेकीको घरमा समेत क्षति पुगेको छ।

आगजनी गर्ने कार्यमा छिमेकी धिरु चौरसियाको संग्लनता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी दरखास्त समेत दिएको र प्रहरी प्रारम्भिक अनुसन्धान गरिरहेको बताइएको छ। यता गैसस महासंघ सप्तरीले बिहिवार नै एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी माथि कडा भन्दा कडा कारबाहीको माग गरेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर