सप्तरी । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भने मूल नाराका साथ जिल्ला स्तरिय नागरिक समाज संस्थाहरू सँग बालविवाह विरूद्ध अन्तरक्रियामा सहभागी वक्ताहरुले विवाहको उमेर २० वर्ष नै हुनुपर्नेमा जोड दिएका छन्।
सबल नेपालको आयोजना सेभ द चिल्ड्रेन स्वीडेन सरभिङको सहयोगमा राजविराजमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले विवाहको उमेरको हालको हद उमेर परिवर्तन गरिनुपर्ने माग गरे ,उनीहरू मध्ये कतिपयले २० वर्षको ठाउँमा १८ वर्ष हुनुपर्ने बताए । कतिपयले हालकै मजुदा विवाहको उमेर २० वर्ष नै हुनुपर्नेमा जोड दिएका छन्। तर सामाजिक परिदृश्यलाई समेत आँकलन गरी विवाहको उमेरको निर्धारण राज्यले गर्नुपर्ने बताए ।
कार्यक्रमको सहजीकरण सबल नेपालका प्रोजेक्ट कोडिनेटर नीर बहादुर आलेले गरेका थिए।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष ध्रुव देव, सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रीय उपाध्यक्ष नवीन नरसिंह नेपाली, गैर सरकारी संस्था महासंघ नेपालका मधेश प्रदेशका कोषाध्यक्ष लक्ष्मण यादव,गैर सरकारी संस्था महासंघ नेपालका जिल्ला अध्यक्ष दीपक झा, समाजिक अभियन्ता पार्थो सरकार, गैसस कर्मी उपेन्द्र साह, कलाकार भूपेन्द्र मंडल, गैसस सप्तरीका बलदेव मंडल गैसस सप्तरीका सदस्य राजेश राम लगायतले आ -आफ्नो बिचार व्यक्त गरेका थिए। 









