काठमाडौं,१९ माघ । आज काठमाडौंको कृष्णभोग पार्टी प्यालेशमा राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा आयोजित बृहत भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र महतोले सिवेन्द्र यादव, तालिम अख्तर,आकाश साह,देवेन्द्र न्यौपानेको अगुवाइमा सयौ जना नेता कार्यकर्तालाई टिका र माला लगाई पार्टी प्रवेश गराएका छन।

प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरुमा अनिश पराजुली, विक्रम साह,अमोद पटेल,जितेन्द्र जैसवाल, दिलिप पासवान, आकाश राउत, अब्दुल रहमान, नरेश जोशी,विदेशी चौधरी, आकाश ठकुरी,विरेन्द्र शाही, देव ढकाल, जनक दुलाल, इमरान अन्सारी , मन्सुर अन्सारी , डा. महेश थापा, विजय शाही, जेम्स बम, विन्दास बम, मुनाल तामाङ, अरुन खत्री, विजय ठकुरी, नवल यादव, राहुल शर्मा, विवेक पण्डित, अनिश कुशवाहा लगायतका रहेका छन।

कार्यक्रममा पार्टी प्रवेश गराउदै स्वागत गरेका महतोले युवाहरु अब विदेश जाने होइन देशमै स्वरोजगारमा लाग्नु पर्छ र स्वदेशी उत्पादनमा जोड दिनु पर्ने बताए। यो देशमा अब कम्युनिज्म र क्याप्टलिज्मको औचित्य छैन अब हामी सबै स्वदेशवादी विचारधारामा लाग्नु पर्ने बताए । नेपालको वर्तमान शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको ले त्यसलाई बदल्न र बहुलराष्ट्रिय राज्यको स्थापना गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताए। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरु बुद्ध छिरिङ मोक्तान , केशव झा, कमला गुरुङ, राम नरेश राय, सुमन सायमी, सन्तोष मेहता, जुनतारा पुन मगर, अनिल महासेठ, अनिल सिंह, राम किशोर सिंह, तनवीर अन्सारी, विमला लामा, शेर बहादुर शाह, बलराम वाग्ले, दिपिन पन्त, कृष्ण मानन्धर, राम कृपाल साह, जित बहादुर निशानी, सि एन थारु, डिबि लामा,कौश्लेन्द्र शर्मा, किसोर साह लगायतको विशेष उपस्थिति रहेको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर