राजेन्द्र महतोको नेतृत्वको दल ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ। मंगलबार दर्ता भएको दलले चुनाव चिह्न ग्यास सिलिन्डर पाएको छ।

गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको बताइएको छ।

दलको मार्ग निर्देशक सिद्दान्त ‘स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद’ रहेको छ।

महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग हुँदै महतोले राष्ट्रिय मुक्ति अभियान सुरु गरेका थिए।

दल दर्ताको प्रमाणपत्र सो पार्टीका नेता केशव झाले मंगलवार बुझेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर