काठमाडौँको लाजिम्पाटमा एक व्यवसायीमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेका सहयोगी पक्राउ परेका छन्।

बालाजु क्षेत्रबाट टीका भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर प्रमुख वसन्त रजौरेले जानकारी दिए।

गत कात्तिक ११ मा घरजग्गा व्यवसायी विक्रम लामामाथि पार्किङस्थलमा एक समूहले रड प्रहार गरेको थियो।

नुवाकोटको ककनी गाउँपालिका-६ घर भएर टोखा नगरपालिका-३ स्थित ग्राण्डी बस्ने ३५ वर्षीय लामालाई आक्रमण गरेको आरोपमा यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ परेका थिए।

लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई ४ जना मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सीसीटिभी फुटेजमा देखिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर