हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन । तस्बिर : दाने बोहरा / रासस

काठमाडौँ । हाल (शनिबार साँझ) देशभर साधारणतयादेखि पूर्णतया बदली छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको बुलेटिनअनुसार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी प्रदेश र कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
आइतबार दिउँसो पनि देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

मौसम महाशाखाका अनुसार आइतबार रातिबाट भने मौसम सुधार हुने सम्भावना छ। आइतबार राति कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको मात्र सम्भावना छ। अन्य स्थानमा भने वर्षा वा हिमपात केहीको पनि सम्भावना देखिएको छैन।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर