सप्तरी,८ पुस । मदरसा समन्वय समिति सप्तरीले विष्णुपुर गाउँपालिका अन्तरगर्त रहेको मदरसा फैजुल ईस्लामियाँ थल्हीको शिक्षक सरुवा तत्काल रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
मदरसा समन्वय समिति सप्तरीको पदाधिकारी समलित टोलीले आईतवार सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।
मदरसा समन्वय समितिले प्रमुख जिल्ला अधिकारी दाहाललाई बुझाएको ज्ञापन पत्रमा मुस्लीम समुदायका बालबालिकाहरुलाई धार्मिक एवम् उर्दु भाषामा शिक्षादिक्षा दिने उदेश्यले स्थापना भएको विघालयका प्रधानाध्यापक मो.शाहजहाँलाई राजनितिक प्रतिशोधका आधारमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले पटक पटक ֿसरुवा गरेपछि मदरसाको पठ्नपाठनमा समस्या उत्पन्न भएकोले तत्कालै सरुवा रोक्न माँग गरेका छन । विष्णुपुर गाउँपालिकाको नाम उच्च अदालत जनकपुर राजविराज ईजलासले रिट नं.०७९(धय(६२९ मिति २०८०।१२।२७ पत्र संख्या २०८०÷०८१ चलानी नं.१२९५० को आदेश अनुसार प्राधानाध्यापक मो.शाहजहाँलाई मदरसा फैजुल ईस्लामियाँ थल्हीमा काम गर्नु गराउनु भनी आदेश दिएको थियो । सो आदेश विपरित गाउँपालिका अध्यक्ष सरुवा गरेकोले मदरसा समन्वय समितिले प्रमुख जिल्ला अधिकारीलाई न्यायका लागि गुहारेको हो । कानुनको परिपालना सबैले गर्नुपर्ने भएकाले कानुन भन्दा माथि गएर गाउँपालिका अध्यक्ष सरुवा गरेकाले तत्कालै सरुवा रोकी कानुनको परिपालना गराउन माँग समितिले गरेको पिडित प्राधानाध्यापक मो.शाहजहाँले बताउनुभयो ।







