अभिनेत्री भएकी छन्। केही समयका लागि आफूले सोसल मिडियाबाट ब्रेक लिन लागेको उनले बताएकी छिन्।
यसबारे उनले फेसबुकमार्फत जानकारी दिएकी हुन्। ‘मैले केही समयको लागि सोसल मिडियाबाट ब्रेक लिइरहेको छु। मेरो अकाउन्टलाई अस्थायी रूपमा निष्क्रिय गर्दैछु। यदि तपाईं मसँग सम्पर्क गर्न चाहनुहुन्छ भने मलाई ह्वाट्सएप, इमेल वा मेरो फोन नम्बर मार्फत सम्पर्क गर्न नहिच्किचाउनुहोस्। म चाँडै फर्कनेछु। ख्याल राख्नुहोस्,’उनले लेखेकी छिन्।

एक प्रोजेक्टमा व्यस्त हुन लागेकाले त्यसमा ध्यान केन्द्रित गर्न र सामाजिक सञ्जालको हल्लाबाट आफूलाई शान्त राख्न यो निर्णय लिएको बुझिएको छ। बेनिशाले साइन गरेका ‘कल्ली’ र ‘मोहर’ छायांकन जाने तयारीमा छिन्।






