राजविराज, १८ मंसिर । अपाङ्ग संघ सप्तरीद्वारा अपाङ्गता भएका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । खडक नगरपालिका र सुरुङ्गा नगरपालिकाको संयुक्त सहयोगमा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा मंगलबार खडक नगरपालिका ३ का जनहित पवनलाल आधारभुत विद्यालय बनरझुल्लामा अध्यनरत अपाङ्गता भएका छात्रछात्राहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

अपाङ्ग संघ सप्तरीका अध्यक्ष विरेन्द्र कुमार चौधरीको अध्यक्षतामा आयोजित एक समारोहका वीच प्रमुख अतिथि खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, उपप्रमुख रिता कुमारी चौधरी, पत्रकार बृजमान तामाङलगायतकाले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरे ।
कार्यक्रम अपाङ्गता भएका ३ दर्जनबढी व्यक्तिहरुलाई ब्ल्याङ्केट समेत वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख चौधरी, विशिष्ट अतिथि उपप्रमुख चौधरी, खडक नगरपालिका ३ का वडा अध्यक्ष देव नारायण चौधरी,राष्ट्रिय स्वलम्वन विकास समाजका अध्यक्ष माधव चौधरी, सबल नेपालका कार्यक्रम संयोजक राधेश्याम राम, श्री पूर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक मनोज कुमार गौतम, जनहित पवनलाल आधारभूत विद्यालय बनारझुल्लाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको पत्रकारिताको माध्यमबाट समग्र विकासमा योगदान गरेको भन्दै पत्रकार बृजमान तामाङसहित आधादर्जन विभिन्न व्यक्तित्वलाई सम्मान पत्र तथा गम्छा ओढाएर सम्मान समेत गरिएको थियो ।
अपाङ्ग संघ सप्तरीका सहयोगी रामा पासवानद्वारा संचालित कार्यक्रममा स्वागत जनहित पवनलाल आधारभूत विद्यालय बनरझुल्लाका प्रधानाध्यापक देव नारायण मण्डलले गरे ।
यो समाचार पत्रकार बृजमान तामाडले लेख्नु भएको छ ।






