ललितपुरको भैँसेपाटी प्रहरी प्रभागमा लगेर व्यवसायीलाई हनी ट्र्यापमा पारेको घटनाका मुख्य योजनाकार ताजमुल भन्नने तजम्मुल इस्लाम पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला न्यायाधीश टेकराज जोशीको इजलासले बिहीबार इस्लामलाई थुनामा पठाउन आदेश दिएको हो।
यो घटनाको मुख्य योजनाकार नै उनी रहेको अभियोग थियो। यस्तै पक्राउ परेका दुई महिलालाई धरौटीमा रिहा गर्न अदालतको आदेश छ।

व्यवसायीसँग विभिन्न ठाउँमा घुमेकी सुस्मा विश्वकर्मालाई २ लाख र भिमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश छ। व्यवसायीबाट अशुलेको २० लाख रुपैयाँ भिमादेवीको खातामा जम्मा गरिएको थियो।

प्रहरी निरीक्षक बिनु शाहीको आदेशमा रकम जम्मा गर्न गएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाललाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

इन्सपेक्टर शाही र अर्का आरोपि दर्शन पोखरेल फरार छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर