नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता नै लगानीकर्ताको सुरक्षा भएको बताएका छन्।

अर्थ मन्त्रालयमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले पुँजीबजार विस्तारका लागि कार्ययोजनाअनुसार अघि बढ्ने बताएका हुन्।

अर्थमन्त्री विष्णु पौडेलले सोमबार नियुक्त भएका अध्यक्ष श्रेष्ठलाई मंगलबार मन्त्रालयमा शपथग्रहण गराएका हुन्।

‘कामहरु थुप्रिएर बसेका छन्। प्राथामिकताका आधारमा कामहरु अगाडि पालैपालो बढाउनेछु’, श्रेष्ठले भने, ‘त्यसभन्दा पहिले लगानीकर्ताको सुरक्षाका लागि कदमहरु चाल्नुपर्नेछ त्यो गर्नेछु। त्यसपछि पूँजीबजारलाई विस्तारका कार्यमा मेरो कार्ययोजना अनुसार काम गर्नेछु।’

अर्थतन्त्रमा प्रभाव पार्ने गरी पुँजीबजारलाई विस्तार गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

‘मैले उम्मेदवारी दिँदा नै आफ्नो कार्यकालमा गर्ने कामहरुको कार्ययोजना बनाइसकेको हुनाले सोहीअनुसार बजार विस्तारका लागि काम गर्नेछु’, उनले भने।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर