राजविराज,०७ मंसिर ।
तीनबुँदे सहमतिपछि नेपाल पत्रकार महासंघ सप्तरी शाखा कार्यालयमा लगाइएको ताला शुक्रबार खोलिएको छ । नेपाल पत्रकार महासंघ सप्तरी र प्रेस मञ्च नेपाल सप्तरी वीच शुक्रबार तालाबन्दी खोल्नेसहितको सहमतिपछि लामो समयदेखि महासंघ कार्यालयमा लगाएको ताला खोलिएको हो ।
राजगढ गाउँपालिकामा पत्रकारमाथि भएको दुर्व्यवहारका घटना समाधानका लागि महासंघले पहल कदमी लिने, सचिवले गर्नुपर्ने कामकारबाही अध्यक्षबाट हुन गएकोले आगामी दिनमा आ–आफ्नो अधिकार र जिम्मेवारीमा रही कामकारबाही गर्ने र आजैका मितिबाट तालाबन्दी खोल्ने ३ बुँदे सहमति पछि ताला खोलिएको प्रेस मञ्च नेपाल सप्तरीका सचिब विद्यानन्द रामले जानकारी दिए ।
‘मिति २०८१ साउन २२ गते जिल्लाको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले मञ्चआवद्ध पत्रकारहरुमाथि गरेको दुर्व्यवहारपछि नेपाल पत्रकार महासंघ, सप्तरीका नेतृत्वले पहल कदमी नलिँदा हामी आन्दोलित भएको र सोही क्रममा महासंघ, सप्तरीको कार्यालयमा तालाबन्दीसम्म गरेको अवगतै होला’ सचिब रामद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि अग्रज एवम् सहकर्मीको सरसल्लाह अनुसार विभिन्न चरणमा सम्वाद र वार्ता हुँदै आएको जानकारी गराउँदै मिति २०८१ मंसिर ७ गते महासंघ, सप्तरीसँग उक्त दुर्व्यवहारका घटना समाधानका लागि महासंघले पहल कदमी लिने, सचिवले गर्नुपर्ने कामकारबाही अध्यक्षबाट हुन गएकोले आगामी दिनमा आ–आफ्नो अधिकार र जिम्मेवारीमा रही कामकारबाही गर्ने र आजैका मितिबाट तालाबन्दी खोल्ने गरी ३ बुँदे सहमति भए पश्चात हामीले गरेको तालाबन्दी खुलाएको अवगत गराउँन चाहन्छु ।’
मञ्चले आन्दोलनका क्रममा साथ सहयोग गरेको प्रति सम्पुर्ण नेतृत्वलाई धन्यवाद समेत व्यक्त गरेको छ ।
‘सहयोग र साथका लागि मञ्चका केन्द्रीय महासचिव, उपमहासचिव, केन्द्रीय सदस्य र सल्लाहकारज्यूका
साथै पार्टीका नेताज्यू लगायत यहाँहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ‘ सचिव रामले भनेका छन् ।
यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीले समेत महासंघमा लागेको ताला खोलिएको जनाएका छन् । महासंघका अध्यक्ष श्रवण कुमार देवले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका हुन् ।
‘मिति २०८१ साल साउन २२ गते सप्तरीको राजगढ गाउँपालिकामा समाचार संकलनका लागि गएका नेपाल पत्रकार महासंघ, सप्तरीका सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नविन गुप्ता र सदस्य विद्यानन्द राम माथि पालिकाका अध्यक्ष ओम प्रकाश मण्डलले अभद्र व्यवहार गरेको सर्वविदितै छ ।’ अध्यक्ष देवद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ,’त्यस सम्बन्धमा मिति २०८१ मंसिर ७ गते शुक्रवारका दिन पालिका अध्यक्ष मण्डल नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा आई घटनाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना सहित आगामी दिनमा प्रेसलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराउँदछौ ।’
महासंघका पूर्व अध्यक्षसहितको अग्रज पत्रकारहरुको रोहवरमा अध्यक्ष मण्डलले क्षम्मायाचना गरेको अध्यक्ष देवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्षहरु मुरली प्रसाद यादव, व्यासशंकर उपाध्याय सहित पत्रकारहरुको उपस्थितिमा अध्यक्ष मण्डलले क्षमायाचना गरेको जानकारी गराउँदछौ ‘ महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ,
‘साथै शुक्रवारदेखि महासंघको कार्यालय निरन्तर संचालनमा आएको व्यहोरा जानकारी गराउँदछौ ।’

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर