भारतीय राज्य ओडिसाको तटीय क्षेत्रमा बज्रिएको चक्रवाती आँधी ‘दाना’ले जनजीवन आतंकित बनाएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) अधिकारीहरूका अनुसार आँधी पछिल्लो ६ घण्टामा पन्ध्र किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर-उत्तरपश्चिममा सरेको थियो र त्यसपछि केन्द्रपारा जिल्लाको भिटकर्णिका र भद्रक जिल्लाको धम्राको बीचमा पुग्यो। यस अवधिमा हावाको गति करिब ११० किलोमिटर प्रतिघण्टा थियो।

ओडिसाको लगभग आधा जनसंख्यामा दानाको प्रभाव पर्नेछ। ओडिसाका १४ जिल्लाका १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

जसका कारण पश्चिम बंगालको तटीय क्षेत्रमा पनि तीव्र हावा चलिरहेको छ। दानाको प्रभावले ओडिसा र पश्चिम बंगालका तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ भने हावाहुरी चलिरहेको छ।

तीव्र हावा र वर्षा
पश्चिम बंगालको तटीय क्षेत्रमा पनि तीव्र हावा चलिरहेको छ।

दानाको प्रभावले ओडिसा र पश्चिम बंगालका तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। भीषण हावा चलिरहेको छ।

ओडिसाका भद्रक, केन्द्रपारा र बालासोरमा हावाको गति अचानक बढेको छ। अहिले यहाँ १०० देखि ११० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।

ओडिसामा सुरक्षा व्यवस्था
प्रकोपले गम्भीर रूप लिने सम्भावनालाई विचार गरी दुवै प्रदेशका सरकारी संयन्त्र उच्च सतर्कतामा छन्।

ओडिसाका मुख्यमन्त्री मोहन माझीले आफ्नो सरकार कुनै पनि परिस्थितिसँग जुध्न पूर्ण रूपमा तयार रहेको र बाढीको सम्भावित प्रभावलाई कम गर्न पर्याप्त उपाय अपनाइएको दाबी गरेका छन्।

ओडिसाबाट छ लाख मानिस बाहिरिए 
ओडिसा सरकारले चक्रवात प्रभावित क्षेत्रबाट विस्थापित मानिसहरूलाई घर बनाउन ७२०० चक्रवात केन्द्र निर्माण गरेको छ।

 

दाना आँधीले ढालेका रूख।दाना आँधीले ढालेका रूख।

 

मुख्यमन्त्री मोहन चरण माझीले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले आँधीको सामना गर्न ओडिसा सरकारले गरेको तयारीबारे जानकारी लिएको बताएका छन्।

आँधीका कारण प्रदेशले ५ लाख ८४ हजार ८८८ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबार बिहानसम्म यो संख्या ६ लाख नाघेको माझीले बताए।

अहिलेसम्म तल्लो तटीय जिल्लाका उच्च जोखिम क्षेत्रबाट ५ लाख ८४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको माझीले बताए।

हवाई र रेल यात्रा प्रभावित
कोलकाता नेता सुभाषचन्द्र बोस एयरपोर्टमा सेवा अवरुद्ध भएको छ। आँधीको ल्यान्डफल प्रक्रियाका क्रममा कोलकाताले वर्षा र तेज हावाको सामना गरिरहेको छ।

 

 

भुवनेश्वरको बिजु पटनायक विमानस्थल बन्द गरिएको छ।

भुवनेश्वरको अम्बेडकर बस स्ट्यान्डमा सवारी आवागमन रोकिएको छ।

भारतीय रेलवेले यस क्षेत्रमा चल्ने करिब १५० रेलहरू रद्द गरेको छ। दुवै राज्यका प्रमुख स्टेसनमा यात्रुहरूको भीड देख्न सकिन्छ।

पश्चिम बंगाल उच्च सतर्कतामा
पश्चिम बंगाल पनि उच्च सतर्कतामा अपनाइएको छ। राज्यका धेरै तटीय जिल्लाबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

राज्यका मुख्यमन्त्री ममता बनर्जीले सम्भावित दानाबाट प्रभावित जिल्लाको अवस्थाको अनुगमन गर्ने जिम्मेवारी सचिव तहका अधिकारीहरूलाई दिएकी छन्।

यस क्षेत्रमा धेरै नियन्त्रण कक्ष खोलिएका छन्।

मानिसहरू राहत शिविरमा
पश्चिम बंगालमा झण्डै एक हजार राहत शिविर खोलिएका छन्।

यस क्षेत्रका विद्यालय र सरकारी भवनमा जनताका लागि बास र खानाको व्यवस्था समेत गरिएको छ।

पश्चिम बंगाल सरकारले एनडीआरएफ र एसडीआरएफका २२ कम्पनी तैनाथ गरेको छ।

यसबाहेक ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

स्कुल-कलेज बन्द
ओडिसा र पश्चिम बंगालको दाना प्रभावित क्षेत्रमा अक्टोबर २६ सम्मका लागि स्कुल र कलेज बन्द गरिएका छन्।

दानाका कारण ओडिसा सिविल सेवा परीक्षा २०२३/२४ को मिति परिवर्तन गरिएको छ। यसअघि यो परीक्षा अक्टोरब २७ मा हुने भनिएको थियो। तर अब परीक्षाको नयाँ मिति घोषणा गरिने छ।

पश्चिम बंगालमा, उत्तर र दक्षिण परगना, पूर्व र पश्चिम मिदनापुर, झारग्राम, बांकुरा, हुगली, हावडामा कक्षा बन्द गरिएका छन्।

प्रहरी र प्रशासनको व्यवस्था
दुवै राज्यमा राहत र उद्धारका लागि व्यापक व्यवस्था गरिएको छ।

राहत शिविरहरूमा खानाको प्रबन्धदेखि लिएर एनडीआरएफको नियुक्तिसम्म सबै व्यवस्था मिलाइएको छ।

स्थानीय पुलिससँगै एनडीआरएफका कर्मचारीले आँधीको खतराबारे मानिसहरूलाई चेतावनी दिइरहेका छन्।

बंगालको सुन्दरवन क्षेत्रमा मानिसहरूलाई साना डुंगा चलाउन प्रतिबन्ध लगाएको छ। यस क्षेत्रमा रहेका सबै घाट बन्द गरिएका छन्।

झारखण्डमा पनि उच्च सतर्कता
शुक्रबार झारखण्डको कोल्हान क्षेत्रहरू- पश्चिम सिंहभूम, सराइकेला-खरसावन र पूर्वी सिंहभूममा ओरेन्ज अलर्ट जारी गरिएको छ।

राँचीको मौसम विभाग केन्द्रका अनुसार दानाका कारण यस क्षेत्रमा भारी हावाहुरी र वर्षा हुनसक्छ।

जमसेदपुर र चाइबासामा छवटा एनडीआरएफ टोली तैनाथ छन्। राजधानी राँचीमा कुनै पनि आपत्‌कालीन  अवस्थाको सामना गर्न दुई टोली तयार छन्।

दानाका कारण राँची, खुन्ती, लोहर्गा, गुम्ला र रामगढमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। भारतीय सञ्चारमाध्यमको सहयोगमा

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर