विराटनगर । नेपाली कांग्रेस नेता शेखर कोइरालाले सरकारले दलसम्बन्धी विधेयक ल्याउने प्रयास मुलुकको लोकतन्त्रका लागि फाइदाजनक नभएको बताएका छन् ।

गृहनगर विराटनगरमा भएको छलफलमा बोल्दै उनले एमालेले केही साना दललाई टुक्राउने र आफ्नो दलमा जोड्ने खेल गरिरहेको आरोप लगाए।

नेता कोइरालाले केही साना पार्टीलाई फुटाउने र एमालेमा मिसाउने शंका रहेको कुरा उल्लेख गरे।

‘यसैको लागि दलसम्बन्धी ऐन ल्याउन खोजिँदै छ। एमालेले स्थायित्वका लागि भने पनि यो ऐन ल्याउदाँ झन अस्थिरता हुने देखिन्छ,’ उनले भने,’ धेरै प्रतिशत राखिँदा दलहरु कम हुन्छन्। साना पार्टी पनि अन्यमा मिसिने छन्। कुनै एक दल ठूलो हुने र एकांकी हुने हुँदा सतर्क रहन आवश्यक छ।’

सो अबसरमा बोल्दै उनले संविधानको स्पिरिट र मुलुकको लोकतन्त्रका लागि पनि दलसम्बन्धी ऐन गलत भएको कथन गरे।

दलसम्बन्धी ऐन ल्याएर एमाले ठूलो पार्टी बन्ने दाउमा रहेको उनकध आशंका थिय‍ो ।

‘म यसै हो भन्न सक्दिनँ। तर सञ्चार क्षेत्रमा आएको कुरा हेर्ने हो भने एमालेले ल्याउन प्रयास गरिरहेको दलसम्बन्धी ऐन कुनै पनि हालतमा हाम्रो मुलुकको स्थिरताका लागि लाभदायक छैन,’ उनले भने ।

नेता कोइरालाले हालको गठबन्धनले मुलुकमा सुशासन, स्थिरता र जनअपेक्षाअनुसार काम गर्न नसकेको धारणा राखेका छन्।सरकारले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि गठबन्धन भएको हो। तर, दलसम्बन्धी विधेयकले कतै प्रश्नचिन्ह खडा गरिदिएको उनको भनाइ थियो ।

जुन सोचका लागि सरकार अघि बढ्नुपर्ने त्यसअनुरुप हिँड्न नसकेको उनको भनाइ थियो। साथै उनले कुलमान घिसिङ र उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन खोजेकोप्रति असन्तुष्टि व्यक्त गरे।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर