सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्की पुर्‍याइएको छ ।
आइतबार दिउँसो १ बजेर २० मिनेटमा लामिछानेलाई अदालत लगिएको हो ।
सहकारी ठगीको अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको थियो ।

लामिछानेलाई अदालत लैजाँदा बाहिर रास्वपा कार्यकर्ताले नाराबाजी गरेका छन् । ​सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो । गोरखा मिडिया नेटवर्कका अर्का सदस्य छबिलाल जोशी बञ्जाडे झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् ।

लामिछानेले सहकारी ठगीमा आफूले संसदीय छानबिन समितिबाट ‘क्लिन चीट’ पाएको दाबी गर्दै आएका थिए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर